पाल्पा, असार ३१
पाल्पा बुटवलको सडक ३ दिन पछि संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक खण्डको तिनाउँ, सिद्धबाबा , डुम्रे लगाएतका स्थानमा खसेको ठुला ढुङ्गा सहितको पहिरो हटाएपछि बुधबार दिउँसो साढे १ बजे देखि बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ३ दिन सम्म बाटो बन्द भएपछि दर्जनौ सवारीहरु अलपत्र परेका थिए । यात्रुहरु पहिरो छल्दै घण्टौं जंगलको बाटो हिडेर गन्तब्य पुगेका थिए ।