पाल्पा, असार ३०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे लाकुरीथोकमा पहिरोले पुरिदा पूर्व बिर्घा गाबिस अध्यक्ष ईमान सिंग रानाको ज्यान गएको छ । झण्डै ७० बर्षिय राना छिमेकीहरु संगै आज बिहान साढे ९ बजे पहिरो हेर्न गएको बेला माथि बाट झरेको पहिरोले पुरिएको स्थानिय कोटाकोट निमाबिका प्र.अ प्रर्थ थापाले जानकारी दिनुभयो । पहिरो हेर्न गएका ३ जना बेपक्ता भएका छन् । उनीहरुको खोजी कार्य चलिरहेको छ । घाईते वडा नम्बर ४ का वडा सदस्य होम नाथ पाण्डे र स्थानिय बिर बहादुर रानाको प्राथमिक स्वास्थ्य केन्द्र बिर्घामा उपचार भैरहेको छ ।
आलमदेबी जाने सडक निरबाट खसेको पहिरोले स्थानीय ३ घरमा समेत क्षति पुगेको जनाइएको छ । घटनाको बारेमा थप विवर प्राप्त भएको छैन ।