विदेशी पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता कटौती गरेकामा सर्वत्र विरोध

पाल्पा, असार २९,
विदेशी पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारले निर्णय गरेपछि सर्वत्र विरोध भएको छ । यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनको लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै पूर्वसैनिक संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । सरकारले यो निर्णयले खास गरी गोर्खा भूपूसैनिकहरू प्रति राज्यले अनागरिक सरहको व्यवहार गरेको राष्ट्रिय पूर्वसैनिक संगठनका अध्यक्ष क्याप्टेन भिम बहादुर रानाले आरोप लगाउनुभयो । गोर्खा भूपूसैनिकले विदेशमा गरेको सेवा र कर्म वापत राज्यले ठूलो रेमिटेन्स प्राप्त गरेको भन्दै अध्यक्ष रानाले भूपूहरुले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफुहरुलाई सह्य नहुने चेतावनी दिनुभयो ।

सरकारको यो निर्णय तत्काल खारेज हुनुपर्नेमा जोड दिँदै नेपाल मगर भूपू सैनिक प्रहरी संघका अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले नेपाली नागरिक माथि सरकारले विभेद गर्न नमिल्ने बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *