पाल्पामा मास्कविना हिडेका २७ जना प्रहरी कारवाहीमा
पाल्पा, असार २८,
पाल्पामा मास्क विना सडकमा हिडेका २७ जनालाई प्रहरीले कारवाही गरेको छ । सदरमुकाम तानसेन बजारमा मास्क बिना बजार हिडेकालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एबम् प्रहरी नायब उपरिक्षक मदन गिरिले जानकारी दिनुभयो । संक्रमण रोग एैन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दे मास्क बिना सडकमा हिडेकाहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बाट शय रुपियाँ जरिवाना गरि उनीहरुलाई मास्क दिएर घर पठाएको प्रवक्ता गिरिले जानकारी दिनुभयो । गएको हप्ता देखि लकडाउन परिपालनाका लागि प्रचार प्रसार एबम् सचेतना मुलक कार्यक्रम गरेको र आइतबार देखि लकडाउनको परिपालना नगर्नेलाई कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पाल्पाका ५ सय ४९ जना कोरोना सक्रमित मध्ये ३ सय ३ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये ३६ वर्षिय एक पुरुषको कोरोना संक्रमण बाट ज्यान गएको छ ।