आत्मह*त्याको भिडियो सेयर गरे कारबाही

काठमाण्डौं, असार २७,

पछिल्लो समय फेसबुकबाटै लाइभ गरेर आत्मह*त्या जस्तो अपराधका कार्यहरु भैरहेको छ । यस्ता अपराध प्रति नागरिक स्तर बाट चिन्ता ब्यतm भैरहेको बेला आत्मह*त्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । आत्मह*त्याका भिडियोहरू फेसबुक सहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाएको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, प्रशासन शाखाले प्रेस विज्ञप्ती प्रकाशन गर्दे यस्ता घटनालाई नियन्त्रण गर्न सबैको सकारात्मक सहयोग आवश्यक रहेकोमा जोड दिइएको छ ।

घटनाभएको थाहा पाउना साथ नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *