पोखरा, असार २६
कास्कीमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । प्रहरीका अनुसार ११ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्याल, कास्कीका अनुसार पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोले परिदा थापासहित उहाकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको हो । प्रहरीका अनुसार पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ ।
पोखरा २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोले भड्किदा उहाकी आमा हिमकला अधिकारीको पनि ज्यान गएको हो ।