म्याग्दी, असार २६
म्याग्दीमा गएको पहिरोमा परि १० जनाको ज्यान गएको छ । बेपत्ता भएका १२ जनाको खोजविन भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको छ । यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका छन् । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ ।
बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुलेको छैन ।