पाल्पा, असार २५
पाल्पा लगाएत प्रदेश ५ मा सार्वजनिक यातायाताका साधन संचालन भएका छैनन् । लकडाउनका कारण भएको समस्या र यसको प्रभाव न्यूनिकरणका लागि यातायात ब्यवशायीहरुलाई आवश्यक सहजीकरण भैरहेको भन्दै तत्काल गाडी नचलाउन नेपाल यातायात ब्यवशायी राष्ट्रिय महासंघले अपिल गरेपछि गाडी नचलेका हुन् । प्रदेश ५ का संयोजक डिल बहादुर ढुङ्गाना द्धारा हस्ताक्षरित परिपत्र प्रदेश ५ भित्रका महासंघका सदस्य,कम्पनी तथा संस्थाहरुलाई पठाउँदै नेपाल यातायात ब्यवशायी राष्ट्रिय महासंघको आधिकाररिक निर्णय नहुदा सम्म आफ्ना सवारी साधन संचाल नगर्न नगराउन सम्पूर्ण सदस्य संस्थाहरुलाई अनुरोध गरिएको छ ।
बिहिबार मात्रै सरकारले एक जिल्ला भित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको थियो ।