सिन्धुपाल्चोकमा बाढी , १९ बेपत्ता २ को ज्यान गयो

काठमाण्डौं, असार २५
सिन्धुपाल्चोकमा बाढी आउँदा १९ जना बेपत्ता भएका छन् भने दुई जनाको ज्यान गएको छ । गएराति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा सो घटना भएको हो । भोटेकोशी र ठाडोखोलामा आएको बाढीले बगाएका दुई जनाको शव फेला परेको र बेपत्ता भएकाहरुको खाजविन भैरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । बाढीले बाह्रबिसे नगरपालिकामा धेरै क्षति गरेको र खाडीचौरमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको स्थानियले जानकारी दिएका छन् ।

जम्बो भन्ने स्थानमा ८ भन्दा बढी घर बगाएको छ । घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *