काठमाण्डौ, असार २४
मोरङमा एक अविबाहित युवती बच्चा पाउने भएपछि बला*त्कारको रहस्य खुलेको छ । सामूहिक बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । झण्डै चार महिनाअघि १७ वर्षिया किशोरीमाथि बला*त्कारमा संलग्न भएको आरोपमा उर्लावारी नगरपालिका– ५ का २१ बर्षिय भेषराज आचार्य र ३० वर्षका प्रदीप खतिवडा लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनएको छ । फागुन २७ गते दिउँसो किशोरी घरमा एक्लै भएको अवस्थामा छिमेकी दुई युवकले बला*त्कार गरेको स्थानियले जनाएका छन् । बलात्कारको बारेमा अरुलाई भने मार्ने धम्की दिएकाले यस घटनाका बारेमा सही जानकारी चार महिना पछि मात्रै बाहिर आएको हो ।
ति किशारी गर्भवती भएको थाहा पाएपछि उनका आफन्त र छिमेकीहरु सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिन गएका थिए ।