पाल्पा, असार २३
कोरोना जितेर घर फर्किएका पाल्पाका एक यूवाले आत्मह*त्या गरेका छन् । रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय दिलिप गहतराजले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्मह*त्या गरेका वडा अध्यक्ष भोज बहादुर बिकले जानकारी दिनुभयो । एक महिना अघि भारतको बम्बईवाट घर फर्किएर घर नजिकैको जनहित भगवती मा.बिको क्वारेनटिनमा बस्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । गहतराजलाई कोरोना संक्रमण पछि तानसेन स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डि*एर आत्म ह*त्या गरेका हुन् । उनी २८ दिन सम्म बिद्यालयको क्वारेनटिन र १५ दिन अस्पतालको आइसोलेशनमा बसेका थिए । मृ*तक गहतराजको बुवा तराई तिर बस्दै आएका छन् । आमा वेपतmा भएको वर्षौ भैसकेको छ ।
सुस्त मनस्थितिका दाई पनि तराई तिर रहेको जानकारी दिदै वडा अध्यक्ष बिकले भन्नुभयो एक्कै के सोचेछन् कुन्नी, दुखद घटना भएको छ । पाल्पामा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । संक्रमित मध्ये ४७ जना उपचार पछि निको भएर घर फर्किका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।