पाल्पा, असार २०
पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय ३४ पुग्यो । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा गाउँपालिकामा ५ जना, बगनासकाली गाउँपालिकामा ७ र तानसेन नगरपालिकाका २ जना गरी १४ जनालाइ कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमितमध्ये १ महिला र १३ जना पुरुष हुन् । पाल्पामा संक्रमित मध्ये उपचार पछि १८ जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमाणकै कारण पाल्पामा भारत बाट आएका एक ३६ वर्षिय पुरुषको ज्यान गएको छ ।