काठमाण्डौं, असार २०
बझाङमा पहिरोमा परि १७ घर पुरिएको छ । पहिरोमा परि केही मानिस हराएका छन् । केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले जानकारी दिएपनि जिल्ला प्रशासनले भने क्षतिको नआएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण नआएको प्रतिकृया दिएको छ ।
स्थानीय लोकेन्द्र विकले अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिनुभयो ।