नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

काठमाण्डौं, असार १९
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणले ज्यान गएको पुष्टि गरेपछि कोरोना बाट ज्यान गुमाउनेको संख्या थपिएको हो । काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत उहाँको सघन उपचार कक्ष मै ज्यान गएको मन्त्रालयले बताएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *