गुल्मी, असार १९,
गुल्मीमा गएको पहिरोमा परि दुई जनाको ज्यान गएको पुष्टि भएको छ । एक जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिने बालक सुरज सारु मगर र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काका अनुसार बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई ६ घण्टापछि स्थानीयले उद्धार गरेका हुन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे बेपतmा भएका छन् ।
पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।