पहिरोले दुई बेपतmा दुई जनाको उद्धार

गुल्मी, असार १९
गुल्मीमा पहिरोेले दुई जना बेपक्ता भएका छन् । दुई जनाको स्थानियले उद्धार गरेका छन् । इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । एक जना महिला र एक पुरुषलाई स्थानीयवासीले उद्धार गरेका छन् । पहिरोले एकजना महिला र एकजना पुरुषलाई वेपत्ता बनाएको इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकाम तम्घासबाट करिब चार घण्टा पैदल दुरीमा छ । गएरातिदेखि परेको पानीले स्थानिय १५–२० घर जोखिममा परेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *