नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो

काठमाण्डौं, असार १८,
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित मध्ये ५ हजार ३ सय २० जना उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणवाट ३१ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये २८ जना काठमाडौंका छन् । काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरमा दुई–दुई जनामा समेत संक्रमण पुष्टि भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *