नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाण्डौ, असार १७,
नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबार थपिएका एक सय १७ महिला र तीन सय ६५ पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयले देशभरिका क्वरेण्टीनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेशनमा नौ हजार तीन सय ६० जनाले उपचार गराइरहेको जनाएको छ । चार हजार ६ सय ५६ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणको कारण ३० जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *