पाल्पा, असार १६
पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय १४ पुगेको छ । सोमबार र मंगलबार थप ४१ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार ३८ जना पुरुष र ३ महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । रामपुर नगरपालिकामा १, पूर्वखोला गाउँपालिकामा १०, रैनादेवी छहरा गाउँपालिकाका १३ र रम्भा गाउँपालिकाका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित मध्ये पाल्पामा १८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
संक्रमणकै कारण भारत वाट घर आएर क्वारिनटिनमा बसेका ३६ वर्षिय एक पुरुषको ज्यान गएको छ ।