साउन ७ सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाण्डौं, असार १६
सरकारले साउन ७ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउनलाई अहिलेकै अवस्था रहने गरी लकडाउन थप्ने निर्णय गरेको हो । लकडाउनलाई प्रदेश, जिल्ला र पालिकाहरुले संघिय सरकार संग समन्वय गरि स्थान अनुसार कडा र खुकुलो बनाउन सक्ने निर्णय भएको छ । सरकारको निर्णय अनुसार अव साउन ७ सम्म सार्वजनिक गाडी संचालन हुन पाउने छैनन् । निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्ने बताइएको छ । शैक्षिक संस्था पनि बन्द हुनेछन । काठमाण्डौ प्रवेश गर्न सिफारिस अनिवार्य गरिएको छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धता सहित पालिकाबाट सिफारिस लिएर प्रवेश गर्नेलाई उपत्यका भित्रिन दिने सरकारले निर्णय गरेको छ ।

यही असार १ गतेदेखि सरकारले लकडाउन खुकुलो बनाएपछि स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ । कोरोना संक्रमितको संख्या थपिएदै गएको तर जारी लकडाउन खुकुलो बन्दै गएकोमा भने नागरिक अगुवाहरुले चिन्ता जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *