काठमाण्डौं, असार १४
नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । संक्रमित मध्ये नेपालमा २८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३ जना निको भएर घर फर्किएका छन् ।