पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७३ पुग्यो

पाल्पा, असार १४,
पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७३ पुगेको छ । आइतबार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रामपुर नगरपालिका ९ का १९ वर्षिय पुरुष र रिब्दीकोट गाउँपालिकामा ५२ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । पाल्पाका ४ सय ७० र उपचारका लागी पाल्पा आएका अर्घाखाँची र गुल्मीका गरी ३ जना विरामीमा कोरोना संक्रमणको पुष्टि भएको हो । पाल्पामा कोरोना संक्रमणका कारण उपचारका क्रममा एक पुरुषको ज्यान गएको छ । संक्रमित मध्ये १८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । पाल्पाका बिभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा १८६२ जना र २ सय २० जना आइसोलेशनमा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *