कृषिका कर्मचारी भन्छन् “सलह छोप्ने र विसादी छर्ने अवस्था रहेन”

पाल्पा, असार १४,
शनिबार देखि पाल्पामा आएको सलह किरा नियन्त्रण गर्ने वा मार्ने अवस्था नरहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । तिनाउँ गाउँपालिका २ झयाङ्गलाको जंगलमा झण्डै ७ लाख बढीको संख्यामा सलह बसीरहेको भन्दै ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले साल, आँप, दबदबे जस्ता अग्ला र ठुला रुखहरुमा बसीरहेकाले नियन्त्रण गर्ने वा मार्ने उपाए नरहेको जानकारी दिनुभयो । मान्छेको आवाज सुन्दा भाग्ने, धुपाउरो र टिन ठटाउँदा उड्ने गरेको जानकारी दिदै उहाँले शनिबार भित्रिएको सलह पाल्पामा तितरबितर भएर बिभिन्न स्थानमा पुगेको बताउनुभयो । मदनपोखरा, दमकडा, खानीगाउँ, बराङ्गदी, कल्लाबारी, छहरा, पोखराथोक, नायर, बतासे लगाएत जिल्लाका विभिन्न स्थानमा सलह पुगेको भएपनि बालीनालीलाई अहिले सम्म क्षति नगरेको ज्ञानकेन्द्रका कर्मचारीहरुले जनाएका छन् । तिनाउँको झ्याङ्गला बाहेक अन्य स्थानमा बन जंगलमा बसेका किराहरु साना झुण्डको रुपमा मात्रै बसेको जनाएका छन् । पानीपरेको बेला रुखमै बस्ने र घाम लाग्ना साथ उड्ने गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

गाउँ तथा खेतबारीमाथि सलह किरा उडेको देख्नासाथ कृषकहरुले आगो बाल्ने, टिन ठटाउने गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *