सलह किरा संकलन गर्ने लाई प्रति किलो २० रुपिया दिने प्रदेश सरकारको निर्णय

पाल्पा, असार १३,
प्रदेश नम्बर ५ सरकारले सलह किरा संकलन गर्नेलाई प्रति किलो २० रुपिया दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा संकलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की बरिष्ठ वाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिनुभयो । संकलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले जानकारी दिनुभयो । भारतको सिमा क्षेत्र हुँदै रुपन्देहीमा भेटिएको किरा सलह भएको पुष्टी भएको जानकारी दिदै बरिष्ठ वाली संरक्षण अधिकृत अधिकारीले सामान्य तया २ ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने जानकारी दिनुभयो । ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोश पाठकले रुपन्देहीबाट पाल्पाको दोभान हुँदै सराई र पोखराथोक सम्म आएको सलह किरा पुष्टि गर्नुभयो । केही किराहरु दोभान क्षेत्रमा बसेको समेत पाठकको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *