पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७१ पुग्यो

पाल्पा, असार १३,
पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । शनिबार थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा तानसेन नगरपालिकाका ४ जना, रामपुरका १९ र पूर्बखोलाका २ जनामा संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन वडा नम्बर ४ का ५० र ६१ वर्षका दुई पुरुष, वडा नम्बर ७ का ४६ वर्षिय १ पुरुष र वडा नम्बर ९ का ५२ वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । शनिबार थपिएका रामपुरका १९ संक्रमित मध्ये १८ पुरुष र एक महिला हुन् । पूर्बखोला गाउँपालिका २ र ६ का ४० र ४८ वर्षिय पुरुष रहेका छन् । पाल्पाका ४ सय ६८ र उपचारका लागी पाल्पा आएका अर्घाखाँची र गुल्मीका गरी ३ जना विरामीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पाल्पामा कोरोना संक्रमणका कारण उपचारका क्रममा एक पुरुषको ज्यान गएको छ । क्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *