पाल्पामा शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असार १३
पाल्पामा कोरोना संक्रमणले ज्यान गुमाएका ब्यक्तिको शव ब्यवस्थापनमा खटिएका २ सुरक्षा कर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश प्रयोगशाला भैरहवामा शुक्रबार कोेरोना संक्रमणको पुष्टि भएका पाल्पाका ७७ जना मध्ये शब ब्यवस्थापनमा खटिएका नेपाली सेनाका ३३ र ३४ वर्षका २ सुरक्षा कर्मी समेत रहेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको हो । भारत बाट घर फकिएका पूर्बखोला गाउँपालिका, सिलुवाका ३६ बर्षिय एक पुरुषको गत जेठ २० गते उपचारका क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो । ज्यान गुमाएका ति पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शब ब्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसारनै नेपाली सेनाले शब ब्यवस्थापन गरेको थियो । सडक देखि शव ब्यवस्थापन स्थलमा पुर्याउने क्रममा अत्यधिक पानी परेको, मृतकको र्याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ ।

शव व्यवस्थापन देखि नै ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइशोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेन स्थित गोरखदल गणले जनाएको छ । मिशन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरुलाई सुरक्षित राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली गणले जनाएको छ । शुक्रबार थपिएका ७७ जना संगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । पाल्पाका १० स्थानिय तहमै देखिएको कोरोना संक्रमित मध्ये १६ जना निको भएर अस्पताल बाट घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *