नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाण्डौं, असार १२,
नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार दाङमा एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएपछि कोरोनाले ज्यान गुमाउनेको संख्या २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसै विच नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबार थप पाँच सय ९३ जनामा सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या थपिएको हो । मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय सात जना महिला र चार सय ८६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

रसुवाबाहेक ७६ जिल्लामा कोरोना सङ्क्रमण भेटिदा २ हजार ६ सय ९८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *