पाल्पा,असार १२,
अव पाल्पामै कोरोना संक्रमणको पुष्टि हुने भएको छ । पाल्पा अस्पतालमा कोरोना परिक्षणको ल्याब राख्ने सरकारले निर्णय गरे संगै परिक्षणका लागि भैरहवा वा काठमाण्डौ पठाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । सरकारले १० स्थानमा कोरोना परिक्षणको ल्याब राख्ने निर्णय गरेअनुसार पाल्पा पनि परेको हो । पाल्पामा कोरोना परिक्षणको ल्याब संचालन भएपछि अर्घाखाँची, स्याङ्गजा, बाग्लुङ्ग लगाएतका छिमेकी जिल्लालाई समेत सहज हुने भएको छ ।
पाल्पा संगै धौलागिरी अस्पताल , झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र , सशस्त्र प्रहरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा पनि प्रयोगशाला सञ्चालन गर्ने सरकारले निर्णय गरेको हो ।