पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुग्यो

पाल्पा, असार १२ ,
पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पामा संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रामपुर नगरपालिकाका विभिन्न वडाका ७५ जना र तानसेन नगरपालिकाका २ पुरुषमा संक्रमणको पुष्टि भएको हो । रामपुर नगरपालिकामा पुष्टि भएका मध्ये १ महिला र ७४ पुरुष रहेका छन् । रामपुरमा अव कोरोना संक्रमितको संख्या ९१ पुगेको छ । पाल्पामा कोरोना संक्रमणका कारण उपचारका क्रममा एक पुरुषको ज्यान गएको छ । संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *