नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाण्डौं, असार ११
नेपालमा कोरोना सङ्क्रमण बाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमण बाट ज्यान गएको पुष्टि भएपछि कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या थपिएको हो । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसारललितपुरको पाटन अस्पतालमा उपचार गराएका महालक्ष्मीनगरपालिका ५ का एक पुरुषको पनि कोरोना संक्रमण बाट ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *