काठमाण्डौं, असार ११
नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । पछिल्लो २४ घण्टामा थप चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभरिका क्वरेण्टीनमा ७४ हजार २२ जना र आठ हजार चार सय २२ जना आइसोलेशनमा रहेका छन् । संक्रमित मध्ये २ हजार ६ सय ५० जना उपचार पछि ठिक भएर घर फर्किएका छन् । पछिल्लो समय संक्रमितको संख्या थपिएसंगै उपचार पछि निको भएर घर फर्किनेको संख्या पनि बढ्दै गएको छ ।