पहिरोले बाटो बन्द भएपछि डोजरबाट दुध वसार पसार

पाल्पा, असार ११
पानीले बाटो अवरुद्ध भएपछि पाल्पाका बिभिन्न स्थानका कृषकहरुले डोजर प्रयोग गरेर दुधको वसार पसार गरेका छन् । केही दिन अघि देखि निरन्तर परेको पानीले पहिरो गएपछि ग्रामिण भेटका बाटो बन्द भएका छन् । अप्ठ्यारा र गाडी नचल्ने स्थानमा डोजर प्रयोग गरेर सदरमुकाम सम्म दुध पुर्याउने गरिएको तानसेन १२ लुहुङ्गका कृषक सन्जय पौडेलले जानकारी दिनुभयो । अवरुद्ध भएका बाटो खुलाउँदा धेरै पैसा खर्च हुने र फेरी पानीले पहिरो जाने संभाबना भएको भन्दै डोजरबाटै दुध वसार्न थालिएको कृषकहरुको भनाई छ ।

जिल्लाका बिभिन्न स्थानका कृषकहरुले जोडर प्रयोग गरेर दुधको वसार पसार गर्नुपरेको जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *