पाल्पामा क्वारेन्टिनमा बसेर आरडिटी परिक्षण पछि घर गएका ४ जनामा कोरोना भेटियो

पाल्पा, असार ११
पाल्पामा १४ दिन क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । माथागढी गाउँपालिका १ चिदिपानीको क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका पुरुष, वडा नम्बर २ रुप्सेका एक पुरुष र वडा नम्बर ७ रहवासका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिनुभयो । क्वारेन्टिनको अवधी पुरा गरि आरडिटि परिक्षणमा समेत नेगेटिभ रिपोर्ट आएको भन्दै उनीहरु घाँसपात र मेलापातमा समेत गएको स्थानीयले जनाएका छन् । भारत बाट आएका सबैको पिसिआर परिक्षण गर्ने पालिकाको निर्णय अनुसार गरिएको परिक्षणमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । घर पठाएकामा समेत सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्ने कार्य भईरहेको स्वास्थ्य संयोजक जिसीले जानकारी दिनुभयो । माथागढी गाउँपालिकामा २७ जनामा संक्रमणको पुष्टि भएको छ । पालिका भित्रका २३६ जना भारत बाट आएका सबैको पिसिआर परिक्षण गरिएको माथागढी गाउँपालिकाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *