पाल्पामा एकाबिहानै १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असार ११
पाल्पामा बिहिबार बिहानै १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका बिभिन्न वडाका ९३ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । भैरहवामा गरिएको परिक्षणमा पहिलो पटक तानसेन नगरपालीका ३ जनामा समेत संक्रमणको पुष्टि भएको छ । तानसेनको बतासेडाडाको क्वारिनटिनमा रहेका ३२, ३२ र ४१ बर्षका ३ पुरुषमा संक्रमणको पुष्टि भएको हो । बिहिबार तानसेनमा पुष्टि भए संगै अव पाल्पाका १० वटै पालिकामा कोरोना संक्रमित भेटिएका छन् ।
भैरहवामा पुष्टि भएका २८ मध्ये पूर्वखोला गाउँपालिकाका १८ जना, तानसेनका ३ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउँ गाउँपालिकाका १ जना रहेका छन् । यस्तै बिहिबार बिहान निस्दीमा पुष्टि भएका ९३ जनामा ८७ पुरुष र ६ जना महिला हुन् । उनीहरु वडा नम्बर १, २,३,५ र ६ नम्बर वडाका हुन् ।

पाल्पामा भारत बाट घर फर्किएका पूर्वखोला गाउँपालिकाका एक पुरुषको उपचारका क्रममा कोरोना संक्रमणकै कारण ज्यान गएको छ । संक्रमित मध्ये ७ जना उपचार पछि सन्चो भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *