तानसेनको बजेट १ अर्व १२ करोड बढी

पाल्पा, असार १०
पाल्पाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रमसहितको नीति तथा कार्यक्रम पेश गरेको छ । नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले बुधबार सम्पन्न सातौँ नगरसभामा पूँजीगततर्फ ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत ) र चालु तर्फ ६६ करोड ७५ लाख २५ हजार रुपियाँको (कुल बजेटको ५९ प्रतिशत ) बजेट समेटिएको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । नगरपालिका प्रमुख अशोककुमार शाहीले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन र भौतिक पूर्वाधारको विकासका लागि बजेटले प्राथमिकता पाएको बताउनुभयो । कोरोना नियन्त्रण गर्न आश्वयक कार्यक्रम संचालन गर्ने, विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य विमा गरिदिने, स्वाथ्य क्षेत्रलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएको प्रमुख शाहीले बताउनुभयो ।

तत्काल १५० बढी युवालाई रोजगारमा सामेल हुने कार्यक्रम ल्याउने,उद्यमशील विकास कार्यक्रमलाई निरन्तरता दिने शाहीको भनाई थियो । बजेटमा तथा निति कार्यक्रममा कोरोनाबाट प्रभावित शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन अनलाईन, संचार माध्यमको प्रयोग गरेर कार्यक्रम संचालन गर्ने, कार्य सम्पादनको आधारमा विद्यालयलाई प्रोत्साहन गरिने, शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *