माथागढीको बजेट झण्डै ५१ करोड

पाल्पा, असार १०
पाल्पाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ का लागि झण्डै ५१ करोडको बजेट पेश गरेको छ । गाँउपालिकाले सातौ गाँउसभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । सोमबारदेखि सुरू भएको गाँउसभामा उपाध्यक्ष निर्मला भट्टराईले ५० करोड ९५ लाख ३८ हजार ६० रुपियाँ बराबरको बजेट प्रस्ताव गर्नु भएको गाउँपालिकाका प्रवत्ता मधु पराजुलीले जानकारी दिनुभयो । बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई जोड दिईएको बजेटमा ८४ लाख कृषिमा , शिक्षामा १ करोड २७ लाख र स्वास्थ्यमा १ करोड ११ लाख ५० हजार बिनियोजन गरिएको छ । पालिकाको ७ औ गाउँसभामा अध्यक्ष सन्तोष कुमार थापाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण, रोजगारी सिर्जना, कृषि, पर्यटन र भौतिक पूर्वाधारको विकासका लागि बजेटले प्राथमिकता दिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको सञ्चालन र पालिका अध्यक्ष सन्तोष कुमार थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *