नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाण्डौं, असार १०
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार बुधबार एक सय १० जना महिला र पाँच सय १९ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । बुधबार एकै दिन १ सय १४ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएर घर फर्किएका छन् । उनीहरु संगै निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेका छन् ।
देशका विभिन्न अस्पतालमा आठ हजार तीन सय ६६ जना कोरोना संक्रमितले उपचार गराइरहेको र क्वरेण्टीनमा ७८ हजार ६ सय ३९ जना रहेका मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण बाट २४ जनाले ज्यान गुमाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *