काठमाण्डौं, असार ९
नेपालमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म २ हजार २ सय २४ जना कोरोना सङ्क्रमित उपचारपछि सन्चो भएर घर फर्किएका छन् । ८५ हजार आठ सय १३ जना क्वरेण्टीनमा र सात हजार आठ सय ५१ जना सङ्क्रमित उपचारको लागि विभिन्न अस्पतालका आइसोलेशनमा रहेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।