पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ३४ पुग्यो

पाल्पा, असार ९
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ३४ पुगेको छ । मंगलबार ५८ जनामा कोरोना सक्रमण पुष्टि र्भसंगै संक्रमितको संख्या बढेको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा पूर्वखोला गाउँपालिकामा ४ महिला र ३३ पुरुष गरि ३७ जना , बगनाँसकालि गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । पूर्वखोला गाउँपालिका वडा नम्बर १ र ६ मा निर्माण गरिएको क्वारिनटिनमा बसेकामा कोरोना पुष्टि भएको हो । उनीहरु गएको जेठमा भारत बाट घर फर्किएका थिए । यो सँगै पूर्वखोला गाउँपालिकामा संक्रमितको संख्या १ सय २९ पुगेको छ । मंगलबार कोरोना पुष्टि भएका बगनासकाली गाउँपालिकाका ११ जना संक्रमित पनि भारतबाट नेपाल आएकाहरु हुन् । उनीहरु वडा नम्वर १ को रामआधारभुत बिद्यालय घोरबन्दा र वडा नम्बर ३ को सिद्धिमावि आर्यभञ्याङ्गमा निर्माण भएको क्वारेन्टिनमा बस्दै आएका थिए ।
मंगलबार थपिएका संगै बगनाँसकालि गाउँपालिकामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । मंगलबार नै थपिएका माथागढी गाउँपालिकाका १० जना संक्रमितहरु वडा नम्वर १, २, ३ र ४ मा रहेका क्वारेन्टिनमा बस्दै आएका थिए । यो संगै माथागढी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । यस अघि रम्भा गाउँपालिकामा १६ , रैनादेवी छहरा गाउँपालिकामा २० जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । उपचारको क्रममा तानसेन स्थित लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमणको पुष्टि भएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक पुरुषको उपचारका क्रममा तानसेन स्थित मिसन अस्पतालमा ज्यान गएको थियो । पाल्पामा कोरोना संक्रमित मध्ये ७ जना निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *