पाल्पा अपडेट ः पहिरोमा परि ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा, असार ९
पाल्पामा पहिरोमा परि ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । तानसेन गुल्मी सडकको सम्मोबारीमा गएको पहिरो पन्छाउने क्रममा पुरिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो थप एक पुरुषको शब फेला पारेको हो । उनको पहिचान खुलेको छैन । तानसेन –११, सम्मोबारीमा सोमबार बेलुकी गएको पहिरोमा परि हिजो तीन जनाको ज्यान गएको थियो । पहिरोमा ज्यान गुमाउनेहरुमा पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं. २ का ३२ वर्षिय भुवन खाम्चा, चितवन भरतपुर महानगरपालिका–२९ का ३३ वर्षिय वीरबहादुर गुरुङ् र काभ्रे पाँचखाल नगरपालिका–८ का २८ वर्षिय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । तानसेनदेखि गुल्मीका लागि छुटेका चार वटा सवारीसाधनलाई पहिरोले बगाएको थियो ।
 
सोमबार पहिरोमा परि २ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । सोमबार ज्यान गुमाउने तीनै जना लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करका रहेको प्रहरीले जनाएको छ । पहिरोले ट्याङ्कर सहित लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई बगाएको थियो । आईतबार राती परेको पानीले अवरुद्ध भएको तानसेन रिडि सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *