पाल्पा अपडेटः पहिरोमा ज्यान गुमाउनेको पहिचान खुल्यो

पाल्पा, असार ९
तानसेन रिडि सडकको सम्मोबारी क्षेत्रमा पहिरोले गाडी बगाउँदा सोमबार बेलुकी ज्यान गुमाएका ३ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने रिब्दीकोट गाउँपालिका २ देउराली पाल्पाका ३२ बर्षिय भुवन खाम्चा, चितवन भरतपुर महानगरपालिका २९ बाङ्गेसालका ३३ वर्षिय बिर बहादुर गुरुङ्ग र काभे्र, पाँचखाल नगरपालिका ८ हुस्केबजारका २८ वर्षिय निबेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेन ११ सम्मोबारीक्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएपछि उपचारका लागी हिडेका गंभिर बिरामीलाई समेत समस्या भएको छ । गुल्मी , बाग्लुङ्ग बाट उपचारका लागि पाल्पा, बुटवल काठमाण्डौ हिडेका बिरामी तथा यात्रुहरु दुई दिन देखि अलपत्र परेका हुन् । आइतबार राती परेको पानीले बाटो बन्द भएपछि पाल्पा, बुटवल तथा काठमाण्डौका लागी छुटेका गाडीहरु हार्थोक क्षेत्र र गुल्मी तथा बाग्लुङ्गका लागी हिडेका दर्जनौ गाडीहरु तानसेनको ढुङ्गाखानीमा रोकिएका छन् ।
 
तानसेन रिडि सडकको सम्मोबारी, बिश्वकर्मा मन्दिर क्षेत्रमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
आइतबार बेलुकी देखि अवरुद्ध सडकको सम्मोबारी क्षेत्रमा एकतर्फी खुलेपछि हिजो बेलुकी तानसेन बाट रिडि जान लागेका चार सवारी बगाउँदा ३ जनाको ज्यान गएको थियो । बाटो बन्द भएपछि सिकिस्त तथा सर्पले टोकेर उपचारका लागी आएका बिरामीलाई समेत उद्धार गर्न समस्या भएको स्थानीयले जनाएका छन् । तत्काल तानसेन बाट छुटेका गाडीहरुलाई उता पठाउन नसकिने तर गुल्मी बाट पाल्पाका लागी छुटेका ३० बढी सवारीलाई आज बिहान यता ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *