पाल्पाको बेथल स्कुलमानिरन्तर अनलाइनकक्षा

पाल्पा, असार ९
पाल्पाको बेथल स्कुलमानिरन्तर अनलाइनकक्षा संचालन भैरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिम हटाउन गएको चैत्र ११ गते बाट सरकारले लक डाउन गरेको थियो । लकडाउनको पन्ध्रौ दिन चैत २६ गतेबाट बेथलबोर्डिङ स्कुलतानसेनले एस.ई.ई का विद्यार्थीहरुका लागि सुरु गरेको जुमअनलाइन शिक्षणलाई बढाउँदै कक्षातीन देखी दश सम्म प्रभावकारी रुपमा निरन्तर सञ्चालन भइरहेको बिद्यालयले जनाएको छ छ । कक्षा पूर्वप्राथमिकतह देखी कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई जिल्लामै पहिलो पटक नमुनासिकाइयोग्यकार्यको रुपमा पाठ्यक्रममा आधारित विद्यार्थीहरुलाई दैनिक रुपमा मुख्य पाँच वटा विषयको पाठ्यक्रमलाई घरमै बसेर अध्ययन र गृहकार्य गर्नमिल्नेगरि तयार पारिएको कार्य पुस्तिका प्रदान गरेको छ ।

इन्टेरनेट र डाटाको पहुँचहुने विद्याथीहरुको लागिविद्यालयले संचालन गरको अनलाईन कक्षामाविद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ । विद्यार्थीहरुले घरमा रहेको मोबाइल, ल्याप्टपलाई सिकाइको लागि उच्चतम प्रयोग गरेका छन् । विद्यालयले दैनिक रुपमा संचालनगर्ने करिब तीन घण्टाको कक्षामात्र नभई विद्यार्थीहरुले घरमै इन्टरनेटको माध्यमबाट नजानेको कुराहरु खोज्ने गरेको पाइएको बिद्यालयकी नेपाली शिक्षिका अम्बिका रानाले जानकारी दिनुभयो । नियमित अनलाइनकक्षाको पहुँचमा नभएका विद्यार्थीहरुको लागि विभिन्न सोसल मिडिया मार्फत अध्ययन सामग्रीउपलब्ध गराइरहेको, प्याब्सन, रिड नेपाल, शैक्षिक सामग्री केन्द्रद्वारा निर्माण गरिएको टि.भि. र रेडियो शिक्षणको लागि सहजिकरण गरिएको विद्यालयका एकाडेमिकइन्चार्ज प्रेमकुमारी थापाले बताउनुभयो ।

पठन पाठन तथा तेक्वाण्डो, एनसिसि लगाएत अरितिक्त कृयाकलापमा उत्कृष्ट बेथल स्कलुको अनलाइन कक्षालाई अभिभावकहरुले समेत निकै मन पराएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *