पाल्पा, असार ८
पहिरोले पुरिदा पाल्पामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा अन्दाजी ४५ बर्षका पुरुषको ज्यान गएको अस्पताले जनाएको छ । पाल्पा बाट रिडि गुल्मी जादै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्याङरमा सवार २ पुरुषको घटना स्थलमै ज्यान गएको थियो ।
तानसेन ११मा पर्ने पाल्पा रिडि सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारी निर सोमबार बेलुकी ४ सवारी साधन बगाएको थियो ।
प्रहरीका अनुसार पहिरो ट्यांकर सहित , बुलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो ।