पाल्पा, असार ८
पाल्पामा कोरोना संक्रमितको संख्या १ सय ७३ पुगेको छ । सोमबार एकै दिन ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार पूर्वखोला गाउँपालिका–१ सिलुवास्थित अकला आधारभूत विद्यालयको क्वोरन्टीनमा रहेका ३५ जना, वडा नम्बर ३ रिङ्नेरहको जनउज्जवल आधारभूत विद्यालयको क्वारेन्टीनमा रहेका २३ र वडा नम्बर ५ वीरकोटस्थित गणपति माध्यमिक विद्यालयको क्वारेन्टीनमा बसेका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो हो । संक्रमित एक बालक र एक बालिकासहित ६५ पुरुष र १५ जना महिला रहेका छन् । सोमबार नै कोरोना पुष्टि भएकामा माथागढी गाउँपालिका–२ रहबासमा २ पुरुषमा पनि छन् । पाल्पामा संक्रमित मध्ये ५ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । भारत बाट घर फर्किएका एक पुरुषेका भने पाल्पामा उपचारका क्रममा ज्यान गएको छ ।