पाल्पा, असार ६
पाल्पाको बगनासकालि गाउँपालिकामा एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारत बाट नेपाल फर्किर क्वारिनटिनमा बसेका वडा नम्बर ७ खानीगाउँमा ४ जना पुरुष र वडा नम्बर ६ यम्घामा ४ महिला र ८ पुरुष गरी १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । वडा नम्बर ७ को खानीगाउँ माबि, रामबगैचामा रहेका ३ जना र बेदमाबि ढापखोलामा रहेका एक गरी २३,२७,३० र ३४ बर्षका चार पुरुषमा कोरोना पुष्टि भएको हो । बिद्यालयको क्वारिनटिनमा रहेका १२ जना मध्ये १० जनाको रिपोर्ट पठाएकोमा ४ जनामा कोरोना संक्रमणका पुष्टि भएको वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ६ यम्घामा पुष्टि भएका संक्रमितहरुमा ३५,३६,२१ र २३ बर्षिय ४ जना महिला र १९,१९,३६,२५,३८, ३२, २८ र ४५ बर्षका ८ पुरुष रहेका छन् । वडा अध्यक्ष लक्ष्मी अधिकारीका अनुसार भगवती आधारभुत विद्यालयको क्वारिनटिनमा रहेका ९ जना, सिता माबिको क्वारिनटिनमा रहेका २ जना र अरनिको आधारभुत विद्यालयको क्वारिनटिनमा रहेका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
यसरी पाल्पामा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । बिरामी भई पाल्पामा उपचार गराएका गुल्मी र अर्घाखाचीका २ जना संक्रमित संगै पाल्पामा संक्रमितको संख्या ७२ पुगेको हो । पाल्पाका मात्रै ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यस अघि रम्भा गाउँपालिकामा १६ जना, वगनासकाली गाउँपालिकामा १ जना, माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा १ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका १० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । पूर्वखोला गाउँपालिकाका ३६ बर्षिय एक पुरुषको संक्रमणकै कारण उपचारको क्रममा मत्यु भएको थियो ।