नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाण्डौं, असार ५
नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म संक्रमितमध्ये १ हजार ४ सय २ जना उपचारपछि घर फर्किएका जनाएको छ । कोरोना संक्रमण बाट नेपालमा २२ जनाको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाइनमा रहेका पनि मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *