पाल्पा, असार ४
पाल्पामा बिहिबार ६ जना कोरोना संक्रमित भेटिएका छन् पाल्पाका ५ जना र पाल्पामा उपचार गराएकी अर्घाखाँचीकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिकाका ४ र तिनाँउ गाउँपालिकाका एक जनामा कोरोना संक्रमणको भेटिएको हो । बिहिबार पुष्टि भएकाहरुमा रिब्दीकोट गाउँपालिका १ का ३० बर्षका पुरुष, वडा नम्बर ६ का २३ र २५ बर्षका पुरुष, वडा नम्बर ७ का २८ बर्षिय पुरुष र तिनाँउ गाउपालिका ५ का ५५ बर्षका पुरुष रहेका छन् । संक्रमित सबै भारत बाट आएर क्वारिनटिनमा रहेका थिए । यसरी पाल्पामा कोरोना संक्रमितको संख्या ५६ जना पुगेका छन् । पाल्पाका मात्रै ५५ जना र पाल्पामा उपचार गराउँदै गर्दा गुल्मी र अर्घाखाचीका बिरामीमा पुष्टि भएका २ जना गरी संक्रमितको संख्या ५६ पुगेका हुन् । कोरोना संक्रमण बाट पाल्पामा एक पुरुषको ज्यान गएको छ ।