काठमाण्डौं, असार ४
नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये उपचार पछि घर फर्किनको संख्या पनि बढ्दै गएको छ । अहिले सम्म ११ सय ८६ जना उपचार पछि ठिक भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण बाट २२ जनाको ज्यान गएको छ ।