काठमाण्डौं, असार ४
नेपालमा कारोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । बिहिबार कोरोना भाइरसको सङ्क्रमण बाट थप दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।दुवै जनाको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।