काठमाण्डौं, असार ३
नेपालमा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाले ज्यान गुमाएका छन् । गत असार १ गते ज्यान गुमाएकी बाँकेकी एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार बाँकेको बैजनाथ ६ कि ४६ वर्षीया महिला गएको जेठ ३० गते मिर्गौलाको उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज गएको र असार १ गते उहाँको निधन भएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।